धर्मनिरपेक्षता र संघीयता तत्काल खारेज गर्नुपर्छ : कमल थापा  

Kamal thapa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको एक कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।

उनले देशमा राजसंस्थाको आवश्यकता भएको हुनाले अहिलेको व्यवस्था तत्काल खारेज गरेर राजकीय शासनमा अगाडी बढ्नुपर्ने कुरा उल्लेख गरेका छन् ।

वर्तमान व्यवस्थाका कारण देशमा भ्रस्टाचार बढ्दै गएको दयनीय अवस्था अघि सार्दै थापाले शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको प्रष्ट पारे ।

 

प्रतिकृया दिनुहोस