काठमाडौँ उपत्यकामा घट्यो कोरोना संक्रमणको संख्या, थप ३८६ जना संक्रमित

Kathmandu city ktm 2

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ।

शनिबार २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३१ हजार ८२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

प्रतिकृया दिनुहोस