यो सरकारले एमसीसी झुक्याएर पास गर्न खोज्यो : अध्यक्ष ओली  

Kp oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छन् ।  काठमाडौँ महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले कांग्रेस र माओवादीकै सरकारको पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाए ।

‘कांग्रेस र एमाले हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्डले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न सोधे । 

बिहानसम्म अस्वस्थ रहेका ओली स्वास्थ्यमा सुधार आएपछि कार्यक्रमलाई सम्बोधन गर्न सभा गृह गएका थिए । 

 

प्रतिकृया दिनुहोस