शेरबहादुर देउवालाई महेश बस्नेतको चुनौती, भक्तपुरमा कांग्रेसको जमानत जोगाउनुस्

महेश बस्नेत160 96

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरमा कांग्रेसको जमानत जफत गरेर देखाइदिने बताए ।

नेकपा एमाले सूर्यविनायक नगर संगठन कमिटी भक्तपुरको प्रथम नगरकमिटी बैठक तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार बस्नेतले एमालेको कोही प्रतिस्पर्धी नभएको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेता दुर्लभ थापालाई हराएर देखाउन दिएको चुनौतीको जवाफ दिँदै कांग्रेसलाई जमानत जोगाएर देखाउन उनले चुनौती दिए । यस अघि शुक्रबार भक्तपुरको कटुञ्जेमा देउवाले आफूलाई होइन दुर्लभलाई हराएर देखाउन बस्नेतलाई चुनौती दिएका थिए ।

उनले दुर्लभलाई मात्र होइन कांग्रेस सोलोडोलोलाई हराएर देखाइदिने बताए । कांग्रेस त भक्तपुरमा प्रतिस्पर्धी पार्टी होइन, प्रतिद्वन्दी पार्टी मात्र हो, भक्तपुरमा कांग्रेसको जमानत जफत हुन्छ’ उनले भने ।

नेपाली कांग्रेस विकास विरोधी पार्टी भएको पनि उनले प्रष्ट पारे । हनुमन्ते करिडोर निर्माणमा समेत कांग्रेसका केही नेताले अवरोध पुर्याएको उनले बताए । उनले कांग्रेसमा कुनै पनि हालतमा सहकार्य नहुने बताए । ‘कांग्रेसलाई हामी देखाइदिन्छौँ, आउने चुनावमा कांग्रेसको १० हजार भोट नाघ्न दिँदैनौँ, एमालेले ५० हजार भोट नघाएर चुनाव जित्छ’, बस्नेतले भने ।

उनले कसैको आलोचनादेखि नडराउन पनि नेता कार्यकर्तालाई आग्रह गरे । सही प्रश्नको सही जवाफ दिनु पर्ने तर गलत प्रश्नको जवाफ दिएर नसकिने बस्नेतले बताए । उनले एमाले जनताको बीचबाट जनताको मुद्दा बोकेर हिँड्ने पार्टी भएको बताउँदै नेता कार्यकर्तालाई जनताकै बीचमा रहन आग्रह गरे । माधव नेपालहरु एमालेलाई धोका दिएर गएकोले अब उनीहरुलाई एमालेमा कुनै स्थान नभएको बताए ।

माधव नेपालको पार्टीलाई भक्तपुरको सूर्यविनायकमा २ सय मत ल्याएर देखाउन उनले चुनौती दिए । सूर्यविनायक नगरपालिकाको सबै वडा आउने स्थानीय निर्वाचनमा एमालेले जितेर देखाउने उनले बताए । 

 

प्रतिकृया दिनुहोस