शुक्रबार काठमाडौँ उपत्यकामा थपिए ६६७ संक्रमित  

11953238 3x2 940x627

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घन्टामा ९ हजार ७ सय ७३ पीसीआर तथा ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिकृया दिनुहोस