मनकामना केबलकार सञ्चालनको तयारी

Mankamana cable car

काठमाडौँ । कोरोना संक्रमणको त्रासमा बन्द भएको मनकामना केवलकार पुनः सञ्चालनमा आउने भएको छ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार आगामी आइतबारबाट सञ्चालन ल्याउन लागिएको हो।

कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यही भदौ २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुन लागेको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

मन्दिर खोल्ने विषयमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसारनै हुने उनको भनाइ छ। यात्रुलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनु पनि उनले अनुरोध गरेका छन्।

कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले यसअघि देखिनै नगदरहित कारोबार इसेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरेको छ।
 

प्रतिकृया दिनुहोस