मानसिक सन्तुलन गुमाएकी गर्भवतीसहित शिशुको उद्धार

Mansik 2

सप्तरी । मांसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाले ती महिलाको उद्धार गरेका हुन् ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर वरपरमा माग्दै जिविकोपार्जन गरिरहेकी ती महिलाले तीन दिन अघि बेवारिसे अवस्थामा शिशुलाई जन्म दिएकी थिइन् ।

आमा र शिशुको विषयमा सामाजिक सञ्जालबाट जानकारी पाएपछि सप्तरीका विभिन्न संघसंस्थाले उद्धार गरेर शिशुलाई गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएका छन् ।

अस्पतालमा शिशुको चेक जाँच भइरहेको छ । शिशुको अवस्था सामान्य भए पनि आमाको दूध खान नपाएर दिशापिसाव नभएको अस्पताल भित्रै रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी मनिषा सिम्खडाले बताइन् । उनले आमाले केही भन्न नसक्ने र भाषा पनि नबुझ्ने जानकारी दिइन् ।

स्थानीय एक महिलाले शिशुलाई जन्म दिए लगत्तै आमा र शिशुलाई उद्धारगरी आफ्नो घरमा राखेकी थिइन् । आमालाई शिशुको हेरचाह गर्नुपर्छ भन्ने थाहा नभएकाले शिशु बिरामी पर्ने संभावना देखेपछि घटनाको बिषयमा स्थानीयले सामाजिक सञ्जालमा राखेका थिए ।

आमा र शिशुलाई कसरी व्यवस्थापन गर्ने बिषयमा छलफल भइरहेको जिल्ला प्रशान कार्यालय सप्तरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस