काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि

Ktm road sankalpa khabar

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।

बुधबार ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३४ हजार १८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस