प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्ति पत्र प्रदान

Prabhu ram sharma

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नियुक्ति पत्र बुझेका छन् । प्रधानसेनापति शर्मालाई रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले नियुक्ति पत्र प्रदान गरेका हुन् ।

आज बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्मालाई रक्षा सचिव पौड्यालले नियुक्ति पत्र प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिशमा गएको साउन २६ गते कायममुकायम प्रधानसेनापति बनेका शर्माले आज प्रधानसेनापतिको नियुक्ति पत्र बुझेका हुन् । 

नेपाली सेनाका पिएसओज रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा रक्षा सचिवले प्रधानसेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस