काठमाडौँ उपत्यकामा हट्यो निषेधाज्ञा, विद्यालय बाहेकका सबै गतिविधि सञ्चालन गर्न पाइने   

Capture 96 96

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका  सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो। भोलिदेखि काठमाडौं उपत्यका विद्यालय बाहेकका सवै गतिविधि सञ्चालन गर्न पाइने भएको छ।

भदौं १७ गते देखि उपत्यकाका सवैखाले निजी र सरकारी कार्यालय तथा व्यवसायहरू सञ्चालन गर्न पाइने छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमितको संख्या घटेकोले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिए।

उनले भने,‘अहिले कोरोना संक्रमितको संख्या घटेको छ, त्यसैले कडाई गर्नुपर्ने अवस्था भएन, अब स्कुलबाहेक स्वास्थ्य मापदण्ड अपनाएर सवै क्षेत्र खुल्ला हुनेछन्।’ 

त्यस्तै जात्रा पर्वहरुमा भिडभाड गर्न नपाइने, चार्डवाड मनाउँदा कोभिड स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र भिडभाड गर्न नहुने, सार्वजनिक तथा निजी संघ संस्थाहरुले गतिविधि र कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ। त्यस्तै, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

सार्वजनिक र निजी ढुवानीको हकमा राति ९ बजेदेखि विहान ५ बजेसम्मको समय तोकिएको छ। त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरू घरमै बस्ने र पीसीआर गरेपछि बाहिर निस्कुनुपर्ने छ।

प्रशासनले कोभिडको समयमा सहर बजार सामान्य अवस्थामा सञ्चालन गरेतापनि प्रहरीलाई नियमित अनुगमन गर्न निर्देशन पनि दिएको छ।

प्रतिकृया दिनुहोस