कर्णालीका तीन सांसदले रोजे नेकपा एकीकृत समाजवादी

Karnali cm office

काठमाडौँ । कर्णाली प्रदेशका तीन जना एमाले सांसदले एकीकृत समाजवादी रोजेका छन्।

बुधबार मुगुबाट निर्वाचित सांसद् चन्द्रबहादुर शाही, रुकुमबाट निर्वाचित देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

उनीहरुले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एमाले छाडेका हुन्। कर्णालमा ओली र शाही पहिलेदेखि नै माधव नेपालको पक्षमा लागेका थिए। बुधबार रोकायाले पनि औपचारिक रुपमा नेपाल नेतृत्वको पार्टी रोजेका हुन्।

यसअघि नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहील फ्लोर क्रस गरेर मुख्यमन्त्री महिन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। उनीहरुलाई पार्टीले कारबाही गरिसकेको छ।

प्रतिकृया दिनुहोस