नेकपा एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच भेटवार्ता

संसद अधिवेशन सञ्चालनदेखि बजेट एमसीसी सम्मका  छलफल

504857 204130 800 auto jpg

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

कार्कीले भेटमा संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्मका विषयमा छलफल गरेका छन् ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो । मन्त्री कार्कीले ओलीकै निवासमा पुगेर छलफल गरेका हुन् ।

त्यसअघि कार्कीले हिजो दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि भेटवार्ता गरेका थिए । अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन ।

त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ । सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस