न्यूरोडमा ड्युटीमा खटिएका प्रहरीमाथि युवाको समूहद्धारा मुक्का प्रहार

Capture dfdfdff

काठमाडौँ । न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडि ड्युटीमा खटिएका प्रहरीलाई युवाको समूहले मुक्का हानेको छ ।

समूहमा आएका ९/१० जनाको युवाको समूहले प्रहरीलाई मुक्का हानेको एक भिडियोमा देख्न सकिन्छ ।

‘ठूला कुरा गर्ने ? फोटो खिच्ने ? भन्दै प्रहरीलाई उनीहरुले कपाल तान्नेदेखि, मुखमा लगाएको मास्क खोलेर मुक्का हानेको भिडियोमा देखिन्छ। युवाको जमातले ड्युटीमा रहेको प्रहरीलाई मुक्का हान्दा समेत प्रहरी निरिह रहेको भिडियोमा देख्न सकीन्छ ।

प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस