मनसुन कमजोर हुँदै : दिउँसो घाम लाग्ने‚ राति पानी पर्ने

Weather 3

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन विस्तारै कमजोर हुँदै गएको छ। मनसुन केही कमजोर भएकाले अबका केही दिन दिनभर घाम लाग्ने र राति पानी पर्ने मौसमविद्हरुले जनाएका छन् ।

यद्यपि नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस