स्थलगत रिपोर्टिङ नगर्दा समाचारमा विश्वसनीयता घट्दै : सञ्चार सचिव अर्याल

Sanchar program 15

धनकुटा । सञ्चार तथा सुचना मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पछिल्लो समय समाचार संकलनका लागि स्थलगत रिपोर्टिङ नगर्दा समाचारमा विश्वसनियता घट्दै गएको बताएका छन् ।

सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल प्रेस इन्ष्टिच्युटले मंगलबार आयोजना गरेको कोभिड १९ ले सञ्चार उद्योग र नेपाली पत्रकारीतामा पारेको असर’ विषयक भर्चुअल अन्तक्र्रियामा कार्यक्रममा अर्यालले यस्तो बताएका हुन ।

अर्यालले संघीय सरकार आमसञ्चार माध्यमलाई आइपरेका समस्याका बारेमा सहजीकरण गर्न तयार रहेको बताए । उनले सञ्चारमाध्यमको संस्थागत विकासका लागि सञ्चार क्षेत्रबाट यसका लागि पहल भएमा सरकार होस्टेमा हैँसे गर्न तयार रहेको बताए ।

परिचयपत्र नवीकरण गर्न हजारौँ खर्च गरेर राजधानी धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अनलाइनबाट गर्न सकिने गरी व्यवस्था मिलाइएको सचिव अर्यालको भनाइ छ ।

सो कार्यक्रममा नेपाल पत्रकार महांघका अध्यक्ष विपुल पोख्रेलले कोभिडका कारण पत्रकार जगत नै संकटमा परेको बतए । अध्यक्ष पोख्रेलले पछिल्लो समयमा सञ्चारमाध्यम नै बन्द अवस्थामा पुगेकाले यसलाई जोगाउनलाई पत्रकार महासंघ र अन्य मिडिया पनि तप्पर रहनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका प्रदेशका अध्यक्षहरु क्रमसः लिलाबल्लभ घिमिरे, राजेश कुमार कर्ण, बसन्त गिरी, देवीराम देवकोटा, योगेश रावल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रमा कोभिडका कारण कतिपय मिडियाहरु बन्द हुने अवस्थामा पुगेको र पारिश्रमिक दिन नसकेका कारण पत्रकारको भविष्य नै परेको उल्लेख गरिएको छ ।

साथै कोभिडको समस्यामा परेका पत्रकारहरु र विभिन्न सञ्चार मिडियाहरुलाई स्वास्थ्य समाग्री र फिलोसिफ पुस्कार सहित राहात वितरण गदै आएको कार्यपत्रमा उल्लेख गरिएको थियो ।

सो कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, संवैधानिक कानुनका जानकार काशीराज दाहाल, नपाल प्रेस इन्ष्टिच्युटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारी, महासचिव लक्ष्मण उप्रेती, प्रेस काउन्सिल नेपालका पूर्वकार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी, प्रशासकीय अधिकृत झविन्द्र भुसाल, गण्डकी प्रदेशका वरिष्ठ पत्रकार पुण्य पौडेल, प्रदेश नं.१ प्रादेशिक सञ्चार प्रतिष्ठानका रजिष्ट्रार यज्ञ शर्मा, आमसञ्चार प्राधिकरणका श्याम सुन्दर यादव, बरिष्ठ पत्रकार गोपाल बुढाथोकी, पुन्य पौडेल, प्रेस काउन्सिल नेपालका झबिन्द्र भुसालले आ आफ्नो धारण राखेका थिए ।

सात वटै प्रदेशका पत्रकार महासंघका र प्रेस काउन्सिलका पदाधिकारीहर, बरिष्ठ पत्रकार, नेपाल प्रेस इन्ष्ट्च्यिुटका कार्यवाहक पदाधिकारी र नेपाल प्रेस इन्ष्ट्च्यिुटका १० तालिमका सहभागीहरुको सहभागि रहेको थियो ।

नेपाल प्रेस इन्ष्ट्च्यिुटका कार्यवाहक मन्टेश्वरी राज भण्डारीको अध्क्षयतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस