भदौ २८ मा इजरायल जाने श्रमिकको परीक्षा हुने

Isral 15

काठमाडौ । इजरायल जान दरखास्त दिएका श्रमिकको परीक्षा भदौ २८ गते हुने भएको छ ।

वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भदौ २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुनेछ ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ ।

इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

प्रतिकृया दिनुहोस