१३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो प्रदेश १ का कांग्रेस सचिवहरुको भेला

Congres sachib vela dkt

धनकुटा । धनकुटाको भेडेटारमा भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेला १३ बुदे भेडेटार घोषणा पत्र जारी गर्दै सकिएको छ ।

नेपाली कांग्रेस १ नम्वर प्रदेशका जिल्ला सचिवहरुको दुई दिनसम्म संचालन भई आज समापन कार्यक्रममा जारी गरिएको भडेटार घोषणा पत्रमा नेपाली कांग्रेसको विधान र मुलुकको संविधानको प्रावधानलाई मध्यनजर गर्दै पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाउन नयाँ नेतृत्व चयन गर्नुपर्ने र पार्टीलाई नविन उर्जा प्रदान गर्न क्रियाशील सदस्यमा भएको विवादहरुलाई पार्टीको तल्लो तहवाट सिफारिस भईआएको आधारलाई मानी विवाद समाधान गरी आसन्न १४औं महाधिवेशन निर्धारित मिति मै सम्पन्न गर्न भेलाले जोडदार माग गरिएको छ ।

राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन यो भेला माग गरिएको समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस मोरङका जिल्ला सचिव नागेस कोईरालाको संयोजकत्वमा सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको भेलामा सहभागी सचिवहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वागत गरेका थिए ।

नेपाली कांग्रेसका जिल्ला सचिवहरुको १ नम्वर स्तरीय भेलाको औचित्यमाथि नेपाली कांग्रेस तेह्थुमका जिल्ला सचिव सन्तोष सुब्बा,संखुवासभाका जिल्ला सचिव डम्वर वस्नेत,भोजपुरका जिल्ला सचिव कैशाल कुमार आले मगरले प्रकाश पार्दै यस भेलाले जिल्ला सचिवहरुको अनुभव आदन प्रदान भएको र सहकार्य तथा सहयोगको प्रारम्भ भएको बताए ।

यसैगरी नेपाली कांग्रेस झापाका जिल्ला सचिव प्रेम सम्वाहाम्फे, सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामाङ, संखुवासभाका जिल्ला सचिव निर्मला तामाङ, र सुनसरीका जिल्ला सहसचिव नगेशचन्द्र राई लगायतले जिल्ला सचिवहरुको प्रदेश नम्वर १ को भेलाले नेपाली कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निभाउने बताएका थिए ।

सो भेलामा नेपाली कांग्रेसका यूवा नेता नेवि संघका पूर्व केन्द्रिय महामन्त्री उमेशजंग रायमाझी, नेपाली कांग्रेस धनकुटाका प्रदेश सभा १ का क्षेत्रिय सभापती जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका रुपेश श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस