सकियो गठबन्धनको बैठक, भयो चाडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

Satta gathabandhan miting

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । मन्त्रालय भागबण्डा र गठबन्धनलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा छलफल गर्दै बैठक सकिएको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

बैठकमा तत्काल मन्त्रिपरिषद विस्तारका लागि सबै दलले आआफ्नो तर्फबाट मन्त्रीको नाम टुंगो लगाउने विषयमा छलफल भएको थियो ।

त्यसैगरी ठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो’ उनीहरुले भनेका छन् । १५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए ।

घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ । तर अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।

प्रतिकृया दिनुहोस