वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

Aananda bhatta

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ ।

अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए ।

उनी विगत चार–पाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए । प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन् । विसं। १९९० सालमा बैतडीमा जन्मिएका भट्टले नेपालको बामपन्थी कम्युनिस्ट आन्दोलनमासमेत ठुलो गोगदान पुर्‍याएका छन् ।

उनका श्रीमती, दुई छोरा र छोरी छन् ।

प्रतिकृया दिनुहोस