आज यी प्रदेशहरुमा भारी वर्षा हुने, भोलीदेखि मौसम सुधार हुने अनुमान

Weather news

काठमाडौं । नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

पछिल्लो तीनरचार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ । तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार मौसममा थप सुधार आउने छ । मंगलबार सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस