राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा राजेश ‘निर्माणी’ पासवान चयन

Dalit patrakar rautahat

रौतहट । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले रौतहट जिल्लामा आफ्नो शाखा बिस्तार गरेको छ ।

आज गरुडास्थित होटल एन पी स्टारमा सम्पन्न भेलाले राजेश ‘निर्माणी’ पासवानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दीपेन्द्र रजक, सचिवमा जितेन्द्र दास, सहसचिवमा सुनिल रजक, कोषाध्यक्षमा प्रदिप दास, र सदस्यहरूमा शम्भु दास, सरोज पासवान, कृष्णा नन्दन दास, शिवजी पासवान, मन्जु शर्मा, अन्शु पासवान रहेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष भोला पासवानले दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित समुदायका सञ्चारकर्मी तथा पत्रकारहरु एकिकृत हुनुको विकल्प नभएको बताए ।

कार्यक्रम गौर एक्सप्रेसका संचालक स्मिथ रजकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

देशभर शाखा बिसतार गर्दै आएको संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका निर्वाह गरिरहेको छ ।

हालसम्म संघको ६५ जिल्ला शाखा, ७ प्रदेश समिति र एक काठमाडौं विशेष प्रदेश समिति बिस्तार गरिसकेको छ । संघमा देशभरका १ हजार पाँच सय दलित समुदायका पत्रकारहरु संघमा आवद्ध भइसकेका छन् ।

प्रतिकृया दिनुहोस