श्री ५ बडामहाराज खुशी हुनुभयो, हामीलाई आममाफी मिलेछ : माधव नेपाल

Egsdgsdag

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं १’

 ‘महाराजधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति रु यसलाई कम्युनिष्ट पद्धति भनिन्छ रु’ उनले भने ।

आफूहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने नेता नेपालले बताएका छन् । उनले अघि भनेका छन्, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो रु’

ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाए ।

अर्को षड्यन्त्र असफल पार्‍यौं

एमाले वरिष्ठ नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको बताएका छन् ।

अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा विश्वासको मत पुग्न नदिने र ‘संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ’ भन्ने खोजेको उनले बताए । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै नेता नेपालले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं, स्वतन्त्र न्यायपालिकाको सम्मान गरेको छौं, जायज काम गरेका छौं ।’

उनले अघि भने, ‘मसँगै जोडिएका २३ जना ९देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल०लाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’

यो पदको लडाइँ होइन

एमाले वरिष्ठ नेता नेपालले पार्टीमा अहिले देखिएको अन्तरविरोध पदका लागि नभएको बताए ।

तर अध्यक्ष ओलीले त्यसलाई व्यवस्थित गर्न नसकेको भन्दै उनले भने, पार्टीको अन्तरविरोधको मूल कारण के हो खोजी गर्नुस् । यो पद, प्रतिष्ठा र इगोको लडाइँ होइन, वैचारिक मान्यता र यहाँ देखा परेका वैचारिक विचलनसँग जोडिएका अन्तरविरोध हो । पार्टीभित्र देखा परेका अनेक विकृति, विसंगति, नीति, विचार र विधि र आचरणसँग जोडिएको विषयको अन्तरविरोध हो ।’

आपसी अविश्वास पनि अर्को कारण भएको भन्दै उनले भने, ‘हाम्रो व्यवहारले यति ठूलो खाडल पैदा गरेको छ, दूरी पैदा गरेको छ, त्यो सबैको गहिरो चिरफार गर्नुस् ।’

प्रतिकृया दिनुहोस