दलहरुको साथ वडाध्यक्षलाई, विरोध मेयरको

Dhankuta nagarpalika

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडाहरुको अधिकार कटौती गर्दै मनोमानी ढंगले बजेटको सिलिङ तोकेपछि धनकुटा राजनीतिक दलहरुले विरोध जनाएका छन् ।

नेपाली कांग्रेस नगर समितिका सभापति रोशन श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र विष्ट, जनता समाजवादी पार्टीका नगर अध्यक्ष दिलकुमार राई र नेकपा एमाले माधव पक्ष नगर संयोजक सुजनभाई जोशीले विज्ञप्ती जारी गर्दै नगरप्रमुख तामाङले बजेट विनियोजन गर्दा तोकिने सिलिङलाई आफु केन्द्रित गरेको आरोप लगाएका छन् ।

नगरप्रमुखले निर्वाचनमुखी, भ्रष्टचारमुखी र कार्यकर्ता पोस्नेगरी ल्याउन लागको बजेटमा कुनै पनि राजनीतिक दलको समर्थन नरहने बताउँदै जवरजस्ती बजेट ल्याउन खोजे आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरुमा जाने बजेट कटौती गरेको भन्दै धनकुटा नगरपालिका वडा नं. ३ का विकास घिमिरे, वडा नं. ५ का धनकुमार राई, वडा नं. ६ का नरेष श्रेष्ठ, वडा नं. ८ का सुमन राई र वडा नं. ९ का वडाध्यक्ष मनोज रायमाझीले बजेट सिलिङ तोक्न आयोजना गरिएको बैठक बहिष्कार गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...