धनकुटामा १५ दिन थपियो निषेधाज्ञा, थप कडाई गरिने

Dhankuta bazar

धनकुटा । धनकुटा जिल्लाभरी कोरोना भाईरस तिव्र रुपमा फैलिदै गएपछि आज रातीदेखी जेठ १५ गतेसम्म जिल्लाभर निशेधाज्ञा लागू भएको छ ।

धनकुटा जिल्ला क्राइसिस मेनेजमेन्ट कमिटिको बैठकले निर्णय गरी सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आज रातीदेखि लागू हुने गरी जेष्ठ १५ गतेसम्म निषेधाज्ञा जरी गर्नु भएको हो । यसअघि धनकुटा नगरपालिका क्षेत्रमा बैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

निशेधाज्ञाको समयमा सम्पूर्ण व्यावसाय तथा पसलहरु निजी तथा सार्वजानिक भाडाका सवारी साधनहरु बन्द गरिएको छ । दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स लगायतका साधनहरु संचालन हुन जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा जिल्लाका कार्यरत बैकहरु अबदेखि सोमबार, बुधवार र शुक्रवार विहान ८ बजेदेखि ११ बजेसम्म संचालन गर्ने निर्णय समेत भएको छ । धनकुटा जिल्लामा निषेधाज्ञाको समयमा हिडडुल गरी उलंघन गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

धनकुटा जिल्लाभरीमा एक हप्तामा १ सय ३० जना कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म धनकुटाका ४ जनाको मृत्यु भइसकेको छ । अहिले कोरोना संक्रमण समुदायस्तरमा नै व्यापक रुपमा कोरोना भाईरस फैलिरहेका कारण निषेधाज्ञालाई लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ ।

निषेधाज्ञाको समयमा पनि धनकुटा जिल्लाभरी विहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखी ६ बजेसम्म अत्यावस्यक तथा दैनिक उपभोग्य सामाग्रीहरुको पसल खुल्ला रहने र अन्य सम्पूर्ण पसल तथा व्यावसायहरु बन्द रहने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

निषेधाज्ञामा के गर्न पाइन्छ ? के पाइदैन ? 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...