गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो, आजै पुनः गृहमन्त्री नियुक्त गरिने

Ram bahadur thapa

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत पदमुक्त बनेका छन् ।

संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेपछि बादलको सांसद पद गएको हो । यसअघि नेकपा माओवादी केन्द्रले दल बदल गरेर थापा एमालेमा प्रवेश गरेको निवेदन राष्ट्रिय सभामा पेश गरेको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष मुलुक बाहिर रहेको र प्रशासनिक प्रक्रिया पुर्याउन केही दिन लागेकोले उनको सांसद पद खुस्किएको सूचना संसद सचिवालयको सूचना पाटीमा भर्खरै टाँसिएको हो । अब यससम्बन्धी सूचना राजपत्रमा निस्कन बाँकी छ ।

सांसदसँगै उनी मन्त्रीको जिम्मेवारीबाट पनि मुक्त भएका छन् । तर, आजै साँझसम्ममा उनलाई पुनः मन्त्रीमा नियुक्त गरिने तयारी गरिएको बताइएको छ । सांसद नभएको कुनै पनि व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ । थापा त्यहि व्यवस्थाबमोजिम पुनः मन्त्री बन्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस