फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १२१ रुपैयाँ पर्ने

Petrol

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय २१ र डिजेल तथा मट्टितेलको १ सय ४ रुपैयाँ पुगेको छ ।

गत चैत २२ गते मात्र निगमले मूल्य बढाएको थियो । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि बृद्धि भएको छ । साबिकको मूल्यमा २ रुपैयाँ प्रति लिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने बढाइएको छैन ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७ ४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा रु ७० करोड ६६ लाख घाटा हुनेछ ।

निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

प्रतिकृया दिनुहोस