अपराह्नतिर मेघगर्जनसहित वर्षाको सम्भावना

Mausam222

काठमाडौँ । देशमा हाल स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज आइतबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली रहनेछ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । यस्तै राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस