प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु, प्रचण्ड बैठकमा यसकारण गएनन्

Sarbadaliya baithak

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक शुरू भएको हो ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बोलाइएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सर्वदलीय बैठकमा सहभागी भएका छैनन् ।

संसदको हिउँदे अधिवेशन, जनता समाजवादी पार्टी ९जसपा०सँग चलिरहेको वार्ता तथा कोरोना संकट लगायतका विषयमा प्रधानमन्त्री ओलीले दलहरूसँग छलफल गर्न लागेका छन् ।

सर्वदलीय बैठकमा कुरा राखेर सरकारले संसदको हिउँदे अधिवेशन टुंग्याउने तयारी गरेको छ । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक सर्वदलीय बैठक बसेको हो ।

बालुवाटारको सर्वदलीय बैठकमा सहभागी बन्नुपूर्व नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका थिए । बालुवाटार बैठकमा जाने र नजाले विषयमा छलफल गर्न सभापतिले बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बालुवाटारमा सुरु भएको सर्वदलीय बैठकमा प्रचण्ड भने सहभागी बनेका छैनन् । प्रचण्डले बालुवाटारमा बोलाइएको बैठकमा सहभागी नबन्ने तर सिंहदरवारमा बैठक बस्ने भए आफु सहभागी बन्ने बताउँदै आएका छन् ।

विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई शुक्रवार फोन गरी ओलीले बैठकको निम्तो दिएका थिए । प्रचण्डले ओली नेतृत्वको सरकार परिवर्तन गर्न कसरत गरिरहेका छन् । सरकार डाल्न कसरत गरिरहेका बेला बैठकमा जानु हुँदैन भन्ने निष्कष प्रचण्डको छ ।

प्रतिकृया दिनुहोस