देशभर चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना

Mausam222

काठमाडौँ । देशमा स्थानीय वायुको प्रभाव रहेकाले आज पनि चट्याङ, हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बादल र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

दिनभर प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस