कोहलपुरको आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु

कम्तिमा ४१ जना घाइते, घाइते मध्ये ९ जनाको अवस्था चिन्ताजनक

Accident kohalpur

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ४१ जना घाइते भएका छन् भने ९ को अवस्था गम्भीर छ ।

शुक्रबार बेलुकी सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको र मृतकहरूको सनाखत गर्ने काम भइरहेको छ ।

कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिब एक किलोमिटर पूर्व जंगलमा उक्त दुर्घटना भएको जनाउँदै डिएसपी खनालले घाइतेहरूमध्ये ९ जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताए ।

प्रतिकृया दिनुहोस