आज हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो आगामी ३ दिनको मौसम पूर्वानुमान

Mausam222

काठमाडौँ । देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले पहाडी भूभागमा शुक्रबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बादल र बाँकी भू–भागमा आंशिक बादल रहेको छ ।

दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानमा मेघगर्जन–चट्याङ्ग–हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।


प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्याङ्ग–हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, भोलि २०७८ वैशाख ४ गते शनिबार देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ वैशाख ५ गते आइतबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्हरसाँझतिर मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस