प्रधानमन्त्री ओली गरे जग्गा प्रशासनसम्बन्धी डिजिटल प्रविधि उद्घाटन

168925593 303668001139811 1061734476491790066 n

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा प्रशासनसम्बन्धी डिजिटल प्रविधि ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’को आज बिहीबार उद्घाटन गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासनसम्बन्धी डिजिटल सफ्टवेयर प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् । साथै उनले ‘मेरो कित्ता’ अनलाइन एप्सको पनि औपचारिक शुभारम्भ गरेका छन् ।

भूमी प्रशासन सुशासनसम्बन्धी डिजिटल सफ्टवेयर सन्चालनमा आएसँगै भूमी व्यवस्था तथा जग्गासम्बन्धी सम्पूर्ण जानकारी, तथ्याङ्क एप्स मार्फत नै जानकारी पाउन सकिने र सेवाग्राहीले घरमै बसेर पनि आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्ट समेत गर्न सकिने बताइएको छ ।

यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने र सो तथ्याङ्क राष्ट्रिय सर्वरमा जोडि देशैभरका जग्गा सम्बन्धी तथ्याङ्क उपलब्ध गराइने सरकारले जानकारी दिएको छ । पहिलो पटक यो सेवा उपत्यकाका तीन स्थान कलंकी, डिल्लीबजार र भक्तपुर मालपोत कार्यालयमा सो सेवा उपलब्ध गराइने बताइएको छ ।

प्रतिकृया दिनुहोस