आज पहाडी भू-भागका केही स्थानमा चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना

Mausam222

काठमाडौँ । नेपालमा हाल स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । अहिले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन र चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस