प्यूठानको स्वर्गद्वारीनजिकै जिप दुर्घटना हुँदा प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु, ९ घाइते

Pyuthan accident

प्युठान । प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको थियो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।

जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालयका कम्प्युटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासनकै खरिदार यमलाल पन्थी र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको भिङ्ग्री प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बुद्धि रानाले बताए ।

घटनामा ९ जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

प्रतिकृया दिनुहोस