प्युठानको स्वर्गद्धारीमा जीप दुर्घटना : प्रशासकीय अधिकृतसहित तीनजनाको मृत्यु, ११ जना घाइते

Accident

काठमाडौँ । स्वर्गद्धारी नगरपालिका १ रुमालेमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का एकजनाको मृत्यु भएको हो ।

दुईजनाको पहिचान खुलेको छैन् । गाडीमा १४ जना सवार थिए । ११ जना घाइते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ४ जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस