मौसम पूर्वानुमानः कस्तो रहला आज देशभरको मौसम ?

Mausam222

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी आज दिउँसो दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

प्रतिकृया दिनुहोस