पत्रकार महासंघको अध्यक्षमा पोख्रेल निर्वाचित, घोषणा अगावै विजय उत्सव

कसले कति मत पाए ? हेर्नुस विवरण

Patrakar mahasangh bipul

काठमाडौं । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेलको प्यानल नै निर्वाचित भएको छ । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।

शनिबार मत गणना सकिए पनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर प्राप्त मतका आधारमा पोख्रेलको प्यानल नै विजयी बनेको हो ।

अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई बाँकी जिल्लाको मत परिणाम आउनु अघि नै झण्डै २ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका छन् ।

निर्वाचन समितिले औपचारिक रुपमा मत परिणाम सार्वजनिक नगर्दै पत्रकार महासंघमा भेला भएका नेपाल प्रेस युनियन, पैस सेन्टर, प्रगतिशील पत्रकार संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरुले विजय उत्सव मनाएका छन् । विजयी उम्मेदवारहरुलाई प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष वद्री सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्इक्ष धर्मेन्द्र झा लगायतले शुभकामना दिए ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

सबै जिल्ला, प्रतिण्ठान र एसोसियट शाखाबाट प्राप्त मत परिणामअनुसार बरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षहरु उदय जिएम र बाला अधिकारी, महासचिव रोशन पुरी, सचिवहरुमा क्रमस, श्रृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान, हेमकर्ण विक, पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखताथ न्यौपाने निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रिय सदस्यहरुमा छविलाल तिवारी, बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा, शिवराज खत्री, सरिता तिम्सिना, ललिताकुमारी शाह, शान्ता आङबुहाङ, सरिता बराइली, भिषण राई, सन्चुकुमारी लामा, प्रकाश धौलाकोटी, सुभाषकुमार शाह, रिंकु कुमारी मिश्र र नविन रिजाल निर्वाचित भएका छन् भने इकवाल अहमद, मुकुन्द प्रसाद भण्डारी र देवी सापकोटा लेखा समिति सदस्य निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको अन्तिम मतपरिणाम, कसले कति मत पाए ? हेर्नुस विवरण :

 
 

 

प्रतिकृया दिनुहोस