राजकुमार फिलिपको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

Kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको बताएका छन् । ।

उनको निधन पश्चात प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै फिलिपको निधनले एक असल साथीसँगै ‘सोसियल वेलफेयर’का च्याम्पियन गुमाएको बताएका छन् ।

फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधान भएको थियो । महारानी एलिजाबेथका द्वितीय पति फिलिपले १९४७ मा उनीसँग विवाह गरेका थिए ।

 

प्रतिकृया दिनुहोस