स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्‍न

Helth 435

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर शुक्रबार सम्पन्‍न भएको छ । वडा एकदेखि पाँचसम्म रहेको गाउँपालिकामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट ९८ को भिडियो एक्सरे र ६६ लाई इम्प्लान्ट सेवा प्रदान गरिएको थियो ।

गाउँपालिकाको आयोजनामा एक हप्तासम्म सञ्चालन भएको शिविरमा प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । वडा एक लाली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवाबाट ३३ गर्भवती, इम्प्लान्ट १३, वडा दुई र तीन थाली, राया स्वास्थ्य चौकीमा भिडियो एक्सरे २५, इम्प्लान्ट सेवा २९ लाई प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस