आजको मौसमः देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना

Mausam222

काठमाडौँ । आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको पनि जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन-चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस