निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ

167427851 930236644209892 2370925654462103433 n

काठमाडौँ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूूर्वक जुट्न आह्वान गरेका छन् ।

मन्त्रालयको चालुु आर्थिक २०७७/७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पूर्वाधार निर्माणमा बजेट कार्यान्वयनका हिसाबले यो वर्षलाई सफल वर्षका रुपमा स्थापित गर्न सुुझाव दिए ।

उनले भने, “निर्देशन मात्र पर्खने होइन, राष्ट्रसेवकले आफ्नो जिम्मेवारी पूरा गरेमा देश र जनताको भलो हुुन्छ, बजेटमा समेटिएका कार्यक्रम समयमै पूरा हुन ।” नीति तथा कार्यक्रमलाई बजेटले तथा बजेटलाई कार्यविधिले आत्मसात् गरेन भने विकास र समृद्धिका मुुद्दा ओझेलमा पर्न सक्नेतर्फ सचेत रहन निर्देशन दिँदै मन्त्री गुुरुङले रुपान्तरण र प्रगतिका मार्गमा आउन सक्ने बाधा र चुनौतीको समयमै पहिचान गरी कार्यसम्पादन गर्न मन्त्रालय तथा मातहतका निकायका पदाधिकारीलाई सल्लाह दिए ।

उनले भने, “करार सम्झौता अनुुसारको कार्यप्रगति मूूल्याङ्कन गरिने प्रणालीलाई चुुस्त बनाउन आवश्यक छ, असारे विकास प्रवृत्तिलाई हटाउन कार्यतालिका बनाएर काम गर्नुुपर्छ, चैतमा आएर कार्यविधि बनाउने तरिकाले विकास र समृद्धिको लक्ष्य पूरा गर्न सकिन्न । दूरसञ्चार क्षेत्रको सेवा र गुुणस्तरमा व्यापक सुुधार ल्याउनुुपर्छ ।”
 

प्रतिकृया दिनुहोस