नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष विमला भण्डारी निर्वाचित

Capture 562232

काठमाडौँ । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् । आफ्ना प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

महासंघको बुधबार सम्पन्न निर्वाचनमा कुल खसेको ३०५ मतमध्ये उनले १७४ मत पाएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी लामिछानेले १२१ मत मात्र प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित भए लगत्तै अध्यक्ष भण्डारीले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने प्रतिवद्धता जनाएकी छन् । उनले पत्रकारको क्षमता अभिवृद्धिका लागि लागि गर्ने र सरकारले पत्रकारमाथि अंकुश लगाउन ल्याइएका विधयेकहरु विरुद्ध सशक्त रुपमा उभिने प्रतिवद्धता जनाइन् ।

निर्वाचित भण्डारी संयुक्त प्यानलबाट उमेदवार बनेकी थिइन् । उनी यस अघि नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष थिइन् । त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १७२ मत ल्याएर विजयी भएका छन् । उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा (१५१) मत ल्याएर निर्वाचित भएकी छन् ।

त्यस्तै सचिवमा माधव बराल (१५५), सहसचिव समावेशीमा रेम बिक (१६८), सहसचिवमा श्रीराम सिग्देल (१७७), कोषाध्यक्षमा कृष्ण दवाडी (१७७), महिला सदस्यमा सपना अधिकारी (१४८), दलित सदस्यमा बिजय नेपाली (१५६), आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ (१५७), समावेशी सदस्यमा जैनव खातुन (१८३) र खुल्ला सदस्यमा कन्चन थापाले १३० मत पाएर विजयी भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा गीता राना मगर ९१२९०, धनबहादुर गुरुङ (१५२), प्रभु अधिकारी (१२८), शिवराज बस्ताकोटी (१२८), सन्तोष बस्याल (१२४), सन्तोष सुवेदी (१२९), युवराज गुरुङ (१३१) र हरि पन्त (१३५) मत पाएर विजयी भएका छन् ।

त्यस्तै आदिवासी जनजाति तर्फको राष्ट्रिय परिषद् सदस्यमा राजबहादुर गुरुङले १६३ मत पाएर विजयी भएका छन् । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा आरजु बिष्ट सल्यानी (१२६), कमल पौडेल अथक (१५०), गंगाधर पराजुली (१२६) र श्यामनाथ कुवरले १४२ मत पाएर विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस