प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरेर जथाभावी गर्दै हिँडेको नेता गगन थापाको आरोप

Gagan thapa

काठमाडौँ । कांग्रेस सांसद गगन थापाले नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाएको अवस्थामा सरकारले  तीन वर्षको अवधिमा काम कति गर्‍यो भन्ने विषयमा तथ्य, तथ्यांकमा बहस गर्न प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरेर जथाभावी गर्दै हिँडेको थापाको आरोप छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा थापाले भने, ‘संसद्लाई छलेर, भागेर होइन, यहीँभित्र आएर छलफल गरौँ । शिलान्यास, उदघाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला । 

थापाले उद्घाटन गर्दै हिँड्ने प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन समय नमिलेको भन्दै आपत्ति जनाए । उद्घाटनको ‘तमासा’ नदेखाउन उनले वर्षौँदेखि थला परेका आयोजनालाई पूरा गर्नतर्फ ध्यान दिन आग्रह गरे ।

दर्जनौँ विधेयक पास गर्नुपर्ने, रोकिएका काम अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको ध्यान नगएको उनले बताए ।

प्रतिकृया दिनुहोस