पृथ्वीनारायण शाहको सम्मानमा उर्लियो जनलहर, ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’ को घन्कियो नारा

Prithivi jayanti

काठमाडौँ । पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागिता देखिएको छ। देशका विभिन्न शहरमा पृथ्वी नारायण शाहको सम्मानमा आयोजित कार्यक्रमहरुमा नागरिकहरुको उल्लासजनक सहभागिता देखिएको पाइएको छ । 

त्यस्तै काठमाडौँको रत्नपार्कमा नागरिक तहबाट आयोजना गरिएको पृथ्वी जयन्ती कार्यक्रममा मानिसहरु नेपालको राष्ट्रिय झण्डासहित उपस्थित थिए। प्रहरीले सहभागीहरुलाई रोकेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

सहभागीले सिंहदरबारअघि ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’ सहितको नारा लगाएका हुन् । उनीहरुले प्रहरी हस्तक्षेप विरुद्ध पनि नाराबाजी गरेका छन् ।  तनावग्रस्त बनेको भिडलाई रोक्न प्रहरीले लाठीचार्ज गरेको थियो।

 

प्रतिकृया दिनुहोस