राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन

Lok bahadur shahi

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको हो । शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो । उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ ।

उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् । शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । उले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए ।

उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए । पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरे । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बने ।

प्रतिकृया दिनुहोस