राष्ट्रियसभा अन्त्य गर्न प्रधानमन्त्रीद्धारा राष्ट्रपति समक्ष सिफारिस

Rastriyasava

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चालु रहेको राष्ट्रियसभाको अधिवेशन स्थगित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

उनका अनुसार आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। संविधान अनुसार राष्ट्रियसभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस