आइतबार देशभरको मौसम सामान्यतया सफा रहने

Mausam

काठमाडौँ । आइतबार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् ।

आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । तर मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस