आज धनगढी जाँदै प्रधानमन्त्री ओली

Kp oli pm office3

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन् । ओली समूहले आज धनगढीमा विशाल जनसभा गर्दैछ ।

पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । बुधबार सुदूरपश्चिम प्रदेश कमिटिले कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो ।

धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित नेकपाको ओली समूहको भेलालाई सम्बोधन गर्न ओली पहिलो पटक सुदूरपश्चिम आइरहेका हुन् ।

 

प्रतिकृया दिनुहोस