जाजरकोट पुगेका खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड - नेपाल समूहको विद्यार्थीले देखाए कालो झण्डा

136189897 182633383595882 8355968530979390591 n

काठमाडौँ । खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड - नेपाल समूहको नेकपाका विद्यार्थीले कालो झण्डा देखाएका छन्।

ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई जिल्लामा आउँदा र जाँदा नै कालो झण्डा देखाइएको हो।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा आज बिहान मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका ४ बोहरामा अखिल नेपाल विद्यार्थी संगठनका युवाले कालो झण्डा देखाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते असंवैधानिक रूपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै अनेरास्ववियुले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको थियो।

 

 

 

प्रतिकृया दिनुहोस