संवैधानिक इजलासबाट बाहिरिए न्यायधिश कार्की, अर्को सुनुवाई बुधबार मात्रै हुने

Sarwoccha adalat2019 05 09

काठमाडौँ । संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुको विरोधपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन्।

न्यायाधिश कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानुनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएका थिए।

वकिलहरुले न्यायाधीश कार्की इजलासमा हुँदा स्वार्थ बाझिने भन्दै त्यसको विकल्पमा बृहत इजलास गठन गर्न माग गरेका थिए।

रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतको जनअस्था खल्बलिने अवस्था सिर्जना हुने भन्दै न्यायाधीश कार्कीलाई संवैधानिक इजलासमा राख्न नहुने बताएका थिए।

यस्तै संवैधानिक इजलासमै सुनुवाई गर्ने कि बृहत इजलास गठन गर्ने भन्ने विषयमा न्यायाधीश र कानुन व्यवसायीहरुबीच सवालजवाफ हुँदा सुनुवाई प्रभावित भएको छ। सुनुवाइ अर्को बुधबारसम्मका लागि स्थागित भएको छ।

प्रतिकृया दिनुहोस